बस दुर्घटनाको सत्य तथ्य छानबिन गर्न माग गर्दै मन्थली-खुर्कोट सडक अवरुद्ध

२०८२ माघ २८, बुधबार

रामेछाप : रामेछापको मन्थली नगरपालिका-६ मसानेटारमा मंगलबार भएको बस दुर्घटनाको सत्यतथ्य छानविन गर्नुपर्ने माग राख्दै स्थानीयहरुले सडक अवरुद्ध गरेका छन्।

१२ जनाको मृत्यु हुने गरि दुर्घटना हुँदा पनि स्थानीय प्रशासन र अरनिको यातायात समितिले कुनै चासो नदिएको भन्दै स्थानीयहरुले बुधबार बिहानैदेखि रामेछापमा सडक अवरुद्ध गरेका हुन्।

स्थानीयहरुले काठमाडौंबाट गएका सवारी साधनलाई खुर्कोट, मन्थली भित्रिएका सवारीलाई मन्थली आकाशे र गाँउबाट छुटेका गाडीहरुलाई खिम्तीमा नै रोकेका हुन्।

स्थानीयहरुले दुर्घटनाको छानविनका साथै मृतकका परिवारलाई उचित क्षतिपूर्ति, घाइतेको सहज उपचार लगाएका माग राखेका छन्।

काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको प्रदेश ३-०१-००५ ख ९९७५ नम्बरको बस मंगलबार तामाकोसी नदीमा खस्दा १२ जनाको मृत्यु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार