टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु

२०८२ फाल्गुन २, शनिबार

काठमाडौं : सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३, दोभानमा टिपरको ठक्करबाट शनिबार दुईजनाको मृत्यु छ ।

बुटवलबाट पाल्पातिर आउँदै गरेको लु४९प ७७९५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट जाँदै गरेको लु२ख १८८३ नम्बरको टिपरले ठक्कर दिँदा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा सवार नामथर नखुलेका एक पुरुष र महिला घाइते भएका थिए । उपचारका निम्ति उनीहरूलाई बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएकामा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय पाल्पाका डीएसपी होमप्रकाश चौधरीले जानकारी दिए ।

उक्त टिपर र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार