काठमाडौं : मंगलबार छापावाल सुनको मूल्य ९ सय रुपैयाँले घटेको छ ।
सोमबार, छापावाल सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ८ सय रूपैयाँ कायम भएकोमा आज ९ सय रुपैयाँले घटेर ३ लाख १ हजार ९ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार चाँदीको मूल्य प्रतितोला ४ हजार ८ सय ६० रूपैयाँ कायम भएकोमा आज २५ रूपैयाँले बढेर ४ हजार ८ सय ८५ रूपैयाँ कायम भएको छ ।





