रास्वपा नुवाकोटका नेता थापाद्वारा पार्टी परित्याग

२०८२ फाल्गुन ९, शनिबार

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोटका नेता अशोककुमार थापाले पार्टी परित्याग गरेका छन्।

उनले शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत निर्णय सार्वजनिक गरेका हुन्।

२०७९ सालको निर्वाचनदेखि नै पार्टीको जिल्ला सदस्य तथा विदुर नगर इन्चार्जका रूपमा क्रियाशील थापाले रास्वपा आफ्नो मूल विचार र सिद्धान्तबाट च्यूत हुँदै गएको आरोप लगाएका छन् । उनले पार्टीमा नीति र विधिको साटो नेतृत्वको ‘आशिर्वाद’बाट पदाधिकारी चयन हुन थालेको भन्दै असन्तुष्टि पोखेका छन् ।

रातदिन संगठन निर्माणमा खटिने इमानदार कार्यकर्तालाई पाखा लगाउन एउटा तप्का सक्रिय रहेको र पार्टी पूर्ण रूपमा अलोकतान्त्रिक बन्न थालेकाले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको थापाले उल्लेख गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार