बस दुर्घटना अपडेट : १७ जनाको मृत्यु, २८ जना घाइतेको पहिचान खुल्यो

२०८२ फाल्गुन ११, सोमबार

काठमाडौं : पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ चरौदी नजिकै यात्रुवाहक बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ।

पोखराबाट काठमाडौं आउँदै गरेको ग२ ख १४२१ नं को बस त्रिशूली नदी किनारमा खसेको थियो। दुर्घटनामा ११ जना पुरुष र ६ जना महिलाको घटनास्थलमै मृत्यु भएको हो। तीमध्ये एक महिला र एक पुरुष विदेशी नागरिक रहेका छन्। बसमा ४५ जना सवार रहेको बताइएको छ। २८ जना घाइतेको उद्धार गरी अस्पताल पठाइएको छ। घाइते सबैको पहिचान भने खुलेको छ।

दुर्घटनास्थलबाट सबै घाइतेहरूको उद्धार गरिसकिएको छ। केही घाइतेलाई स्थानीय अस्पतालमा उपचार गरिएको छ भने अधिकांशलाई काठमाडौं पठाइएको छ। जिल्लाका तीनै सुरक्षा निकाय र स्थानीयले उद्धार गरेका थिए।

यस्तो छ घाइतेको विवरण :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार