प्रहरीका ३१ एसएसपी र ४६ एसपीलाई फिल्डमा खटाइयो

२०८२ फाल्गुन १४, बिहीबार

काठमाडौँ : निर्वाचन अनुगमन र समन्वयका लागि प्रहरी प्रधान कार्यालयले ३१ एसएसपी र ४६ एसपीलाई विभिन्न जिल्लामा खटाएको छ ।

एकजनाले दुई जिल्लासम्मको समन्वय गर्ने गरी ‘बेस’ नै तोकेर उनीहरूलाई फिल्डमा खटाइएको हो ।

एकीकृत सुरक्षा योजना कार्यान्वयनको अवस्था बुझ्ने, केन्द्रबाट भएका निर्देशन र परिपत्रको कार्यान्वयनको निरीक्षण गर्ने, सुरक्षा मतदानस्थलको रणनीति कार्यान्वयनमा भएका कमी–कमजोरी औँल्याएर सुधार्ने तथा मुख्य निर्वाचन अधिकृतसँग मिलेर समन्वय गर्न उनीहरूलाई खटाइएको प्रहरी प्रवक्ता अबि नारायण काफ्लेले बताए । केन्द्रसँग समन्वय गर्ने जिम्मेवारी पनि उनीहरूलाई दिइएको छ । ३१ मध्ये पाँच एसएसपीलाई उपत्यकाका निर्वाचन क्षेत्रमा खटाइएको छ ।

धेरैजसो एसएसपी तराईका जिल्लामा खटिएका छन् । झापा र इलाम हेर्ने गरी एसएसपी गोविन्द अधिकारीलाई खटाइएको छ । मोरङ र सुनसरी हेर्न ज्ञानेन्द्र फुयाँल, उदयपुर र खोटाङमा योगेन्द्रसिंह थापा खटिएका छन् । झापासहित सर्लाही, चितवन, रूपन्देही, दोलखा, रुकुम पूर्व, बझाङ, बाजुराजस्ता जिल्ला बढी संवेदनशील भएको विश्लेषणमा अतिरिक्त जनशक्ति खटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार