केन्द्रीय सदस्य खड्कासहित जसपाका तीन नेता नेकपामा प्रवेश

२०८२ फाल्गुन १८, सोमबार

काठमाडौँ : जनता समाजवादी पार्टी (नेपाल)का केन्द्रीय सहितका नेताहरु नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन्।

जसपा नेपालका केन्द्रीय सदस्य सुमन खड्का, बागमती प्रदेश सदस्य सोवितकुमार महर्जन र ललितपुरको महालक्ष्मी नगरपालिका-६ का वडा सदस्य सुरेन्द्र महर्जन नेकपामा प्रवेश गरेका हुन्।

तीनै नेतालाई सोमबार नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा स्वागत गरेको उनको सचिवालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार