सुदूरपश्चिम : धनगढी उपमहानगरपालिका–१३ स्थित कैलाली गाउँमा मंगलबार साँझ दुईपक्षबीचको विवाद नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ । विवादले उग्ररुप लिएर झडप हुन थालेपछि प्रहरीले हवाई फायर गरेको हो ।
होली मनाउने क्रममा दुई टोलका युवाबीच उत्पन्न विवाद समान्य तुल्याउने क्रममा प्रहरीमाथि आक्रमण भएपछि हवाई फायर गर्नुपरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता योगेन्द्र तिमिल्सेनाले जानकारी दिए । स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि पनि कुटपिट भएको थियो । त्यस क्रममा असई डबल साउद घाइते भएको प्रहरीले जनाएको छ । उनको टाउकामा चोट लागेको छ । उनीहरुले जिल्ला प्रहरी कार्यालयको गाडीमा क्षति पुर्याएका छन् ।
दुई टोलका युवाबीच पुरानो रिसइबीको निहुँमा मंगलबार होली मनाउने क्रममा विवाद उत्पन्न भई उग्ररुप लिएको स्थानीयको भनाइ छ । झडपका क्रममा घाइते कालुराना थारुलाई उपचारका लागि अस्पताल पु¥याइएको छ ।





