काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा झापा ५ का उम्मेदवार बालेन्द्र शाह सुरक्षाका कारण झापा नपुग्दै फर्किएको सचिवालयले जनाएको छ।
शाहको सचिवालय प्रमुख तथा प्रमुख सहयोगी कुमार बेनले हेलिकोप्टरमार्फत झापानजिकै पुगे पनि अवतरण नगरी बिचबाटै फर्किएको बताए ।
‘अरू कारणले होइन, सुरक्षाको कारणले हो, निर्वाचन आयोगबाट अनुमति लिएर गएका थियौँ,’ उनले भने, ‘तर, सुरक्षा कारण नजिकै पुगे पनि फर्किनुपर्याे ।’ शाहले अनुमति नलिई हेलिकोप्टर लिएर झापा गएको भन्दै विरोध हुन थालेपछि निर्वाचन आयोगले अनुमति लिएकोबारे स्पष्ट पारिसकेको छ।
बिहान सिनामंगलस्थित मतदान केन्द्रबाट शाहले मतदान गरेका थिए । आफ्नो निर्वाचन क्षेत्र झापामा जान हिँडेका उनी झापानजिकै पुगे पनि अवतरण नगरी काठमाडौंमै फर्किए ।





