जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाहीले लिए अग्रता

२०८२ फाल्गुन २२, शुक्रबार

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले मतगणनामा पहिलोपटक अग्रता लिएको छ ।

राप्रपाले जुम्लाबाट अग्रताको खाता खोलेको हो । उसलाई नेपाली कम्युनिष्ट पार्टीले पछ्याइरहेको छ । तीन सय मत गणना हुँदा जुम्लाका राप्रपा उम्मेदवार ज्ञानेन्द्र शाहीले १३५ मत ल्याएका छन् । नेपाली कम्युनिष्ट पार्टीले १०३ मत प्राप्त गरेको छ । यहाँ नेपाली कम्युनिष्ट पार्टीका नरेश भण्डारी उम्मेदवार छन् ।

नेपाली कांग्रेसका उम्मेदवार दीपबहादुर शाहीले २५ मत ल्याउँदा एमालेका उम्मेदवार शान्तिलाल महतले २३ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले २ मत मात्र पाएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार