काठमाडौं : प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सर्लाही ४ मा रास्वपाका उम्मेदवार अमरेशकुमार सिंहले मतान्तर बढाइरहेका छन् ।
अहिलेसम्म अमरेशले ४ हजार ४९६ मत ल्याएका छन्। पछिल्लो मतगणनाअनुसार कांग्रेस सभापति गगनकुमार थापाले २ हजार ५३० मत ल्याएर सिंहलाई पछ्याइरहेका छन् । अमरेश र गगनबीच १९६६ मतान्तर छ।
त्यस्तै नेकपा एमालेका अमनिस कुमार यादवले ६४३ मत ल्याएका छन् ।





