निर्वाचनका कारण रोकिएको बजार अनुगमन सुरु

२०८२ फाल्गुन २६, मंगलवार

काठमाडौँ : प्रतिनिधि सभाको निर्वाचनका कारण रोकिएको नियमित बजार अनुगमन पुन:सुरु भएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कानुन कार्यान्वयन गराउने उद्देश्यका साथ एकैपटक १७ वटा फर्ममा अनुगमन गरेको छ ।अनुगमनका क्रममा कैफियत देखिएपछि सुजल ट्रेडर्सलाई व्यवसायसँग सम्बन्धित कागजात लिइ तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ ।

विभागले थप १६ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ । स्थानीय जनप्रतिनिधि, उपभोक्ता अधिकारकर्मी एवं सरोकारवालाको उपस्थितिमा विभागले नियमित रूपमा बजार अनुगमन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार