समाजमा महिला र पुरुषबीचको खाडल पुर्न जरुरी छ : न्यायाधीश मल्ल

२०८२ फाल्गुन २६, मंगलवार

काठमाडौं : सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले महिलाहरुको अर्थपूर्ण सहभागिताको सुनिश्चितता आजको आवश्यकता रहेको बताएकी छिन्।

मंगलबार अन्तर्राष्ट्रिय महिला दिवस र महिला न्यायाधीश दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले अझैपनि आर्थिक, सामाजिक, राजनीतिक र कानुनी क्षेत्रमा महिला र पुरुषबीचको खाडल रहेको बताउँदै त्यो खाडललाई पुर्न आवश्यक रहेको बताइन्।

उनले भनिन्,‘नारी दिवस मनाउनुपर्ने एउटा बाध्यता के छ भने आर्थिक क्षेत्रमा खाडल छ। सामाजिक र राजनीतिमा खाडल छ र कानुनी क्षेत्रमा पनि खाडल छ। त्यो खाडललाई पुर्नुपर्ने आवश्यकता छ। अर्थपूर्ण सहभागिताको सुनिश्चितताको पनि आवश्यक छ।’ त्यस्तै उनले महिला न्यायाधीश भएकै कारणले अझैपनि अन्याय र अर्थपूर्ण सहभागिताको अभाव र फरक चुनौती भोग्नुपर्ने अवस्था रहेको धारणा राखिन्।

‘महिला न्यायाधीश भएकै कारणले अझैपनि अन्याय र अर्थपूर्ण सहभागिताको अभाव महिला न्यायाधीश भएकै कारणले फरक चुनौती भोगेको कारण संयुक्त राष्ट्र संघले नै महिला न्यायाधीश दिवस मनाउने अभ्यास सुरु गर्यो। अन्याय र फरक आवश्यकताको प्रणाली स्थापनाको लागि पनि यो दिवस मनाउनुपर्छ’,उनले भनिन्।

आउने भावी रणनीतिहरु लैङ्गीकमैत्री स्थल कसरी बनाउने भन्ने विषय जोड दिनुपर्ने उनको भनाई छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार