काठमाडौं : बजारमा कुखुरा मासुको भाउ घटेको छ । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अनुसार भोलि बिहीबारदेखि लागु हुने गरी मासुको भाउ घटेको हो । संघ अध्यक्ष जंगबहादुर बीसीले कुखुरा मासुको भाउ किलोमा १० रुपैयाँदेखि १५ रुपैयाँसम्म घटेको जानकारी दिए ।
उनका अनुसार जिउँदो कुखुरामा प्रतिकिलो १० रुपैयाँ घटेर २ सय ७० रुपैयाँ कायम भएको छ । यसअघि जिउँदो कुखुरा किलोको २ सय ८० रुपैयाँ थियो । यस्तै तयारी कुखुरा मासुको भाउ पनि घटेको छ । तयारी मासु प्रतिकिलो १५ रुपैयाँ घटेको हो । यसअघि ३ सय ८० रुपैयाँ रहेको तयारी मासुको भाउ ३ सय ६५ रुपैयाँमा झरेको अध्यक्ष बीसीले बताए ।





