काठमाडौं : आइतबार छापावाल सुनको मूल्य ४ हजार ८ सय रूपैयाँले घटेको छ ।
शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १४ हजार २ सय रूपैयाँ कायम भएकोमा आज ४ हजार ८ सय रूपैयाँले घटेर ३ लाख ९ हजार ४ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार चाँदीको मूल्य प्रतितोला ५ हजार ४ सय ९५ रूपैयाँ कायम भएकोमा आज २ सय २५ रूपैयाँले घटेर ५ हजार २ सय ७० रूपैयाँ कायम भएको छ ।





