सानेपामा कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक जारी

२०८२ चैत्र १, आईतवार

काठमाडौँ : फागुन २१ गतेको निर्वाचनमा नमिठो पराजय व्यहोरेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आइतबार सानेपामा बसिरहेको छ।

प्रतिनिधिसभा निर्वाचनको परिणामअनुसार इतिहासमै सबैभन्दा धक्का व्यहोरेको कांग्रेसले समानुपातिकतर्फका सांसद छान्दैछ ।

सार्वजनिक चुनावी परिणामअनुसार कांग्रेसले प्रत्यक्षतर्फ १८ सिट मात्रै जितेको छ । उता समानुपातिकमा कांग्रेसलाई २० सिट मिलेको छ । तिनै २० सिटका विजेता छनौट गर्न कांग्रेसले पहिलोपटक कार्यसम्पादन समिति बैठक राखेको हो।

समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्ये दलले प्राप्त गरेको सिट संख्याका आधारमा प्रतिनिधिसभा सदस्य छनोट गरिँदैछ ।

उता चुनावी समीक्षाका लागि कांग्रेसले चैत पहिलो सातासम्म केन्द्रीय कार्यसमिति बैठक पनि बोलाउने तयारी गरेको छ । यसअघि आफ्नोसमेत पराजयपछि सभापति गगन थापाले राजीनामा दिने भनेका थिए । तर उनलाई नेताहरूले राजीनामाबाट रोकेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार