पिएलाई राजनीतिक नियुक्ति दिने निर्णयबाट ब्याक हुन प्रधानमन्त्रीलाई ऋषि धमलाको सुझाव

२०८२ चैत्र २, सोमबार

काठमाडौं : स्वतन्त्र राजनीतिज्ञ ऋषि धमलाले प्रधानमन्त्री सुशीला कार्कीले जाँदाजाँदै आफ्नै पिए आदर्श श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्ष बनाउने विवादित निर्णय गरेको भन्दै तत्काल ती निर्णयबाट ब्याक हुन सुझाव दिएका छन् ।

जेनजी विद्राहपछि संकटको बेलामा मुलुकको नेतृत्व गरेर सफलतापूर्वक निर्वाचन सम्पन्न गरेर प्रशंसा कमाएकी प्रधानमन्त्रीले अब बिदाई हुने बेलामा भने गलत निर्णय गरेको भन्दै धमलाले आलोचना गरे ।

आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले भने,‘म तपाईंको प्रशंसक हुँ, तर हिजोको निर्णयबाट तपाईंलाई धक्का लागेको छ। तपाईंको जुन स्वच्छ छविको व्यक्तित्वमाथि प्रश्न उठेको छ। यो निर्णय सच्याउनुहोस । आदर्श श्रेष्ठलाई नियुक्त गर्नुपर्ने थिएन ।’

उनले प्रधानमन्त्री कार्कीको हिजो निर्णय विवादमा परेको स्मरण गराए । उनले भने,‘प्रधानमन्त्रीज्यू, तपाईंले संकटको बेलामा देशको नेतृत्व गर्नुभयो, चुनाव पनि गराउनुभयो । लोभ नगरेको भए हुन्थ्यो, तपाईं कसरी चुक्नुभयो ?’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार