पाल्पा : पहिरोले अवरुद्ध भएको सिद्धार्थ राजमार्ग खुलेको छ ।
दिउँसो १ बजेपछि सो राजमार्ग खुलेको हो । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा जिल्लाको सिद्धबाबा क्षेत्रमा लेदो सहित ढुङ्गा खस्दा आज बिहानदेखि सडक अवरुद्ध भएको थियो । पहिरोका कारण सडक पूर्णरुपमा बन्द भएपछि सवारी आवागमन प्रभावित थियो । अहिले दिउँसो सडक खुलेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ ।
सडक खुलेसँगै रोकिएका सवारी साधन आफ्नो गन्तव्यतर्फ लागेका छन् ।





