टिप्पर दुर्घटना हुँदा तीन जनाको मृत्यु

२०८२ चैत्र ८, आईतवार

काठमाडौं : पाल्पामा टिप्पर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा अर्घाखाँची जिल्ला सितगंगा नगरपालिका–४, का २६ वर्षीय चिन्ताबहादुर सुनार रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । मृत्यु हुने अन्य दुई जनाको पहिचान खुल्न सकेको छैन । शनिबार बेलुकी ६ बजेतिर माथागढी –४, झडेवाबाट वडा ७ रहबासस्थित चुनढुंगा खानीतर्फ गइरहेको लु २ ख ४५२५ नम्बरको खाली टिप्पर दुर्घटना भएको थियो ।

सो दुर्घटनामा परी टिप्परमा सवार चालकसहित चार जना गम्भीर घाइते भएका थिए । घाइतेहरूलाई उपचारका लागि तानसेनस्थित लुम्विनी मेडिकल कलेज प्रभासमा ल्याएपछि तीन घाइतेलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी होमप्रकाश चौधरीले जानकारी दिए।

गम्भीर घाइते तानसेन –१० पटुवाका ३३ वर्षीय राजन चिदीको उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको चौधरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार