मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

२०८२ चैत्र ९, सोमबार

काठमाडौं : चितवनमा मोटरसाइकलले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका–१८, गुन्जनगरमा आइतबार राति ना ६३ प ३८०१ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएको थियो ।मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१८ बस्ने ७९ वर्षीया चन्द्रकुमारी थापा छिन् ।

उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार