देश निर्माणका लागि श्रमदान अपरिहार्य : हर्क साम्पाङ

२०८२ चैत्र १३, शुक्रबार

काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देश निर्माणका लागि भाषणभन्दा व्यावहारिक काम आवश्यक रहेको बताएका छन् ।

शुक्रबार पार्टी सदस्यता वितरण गर्न काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । अध्यक्ष राईले राजनीतिक नेतृत्वले अब नाराभन्दा परिणाममुखी काममा केन्द्रित हुनुपर्नेमा जोड दिए । उनले नागरिकको सक्रिय सहभागिताबिना विकास सम्भव नहुने भन्दै मुलुकको विकासका लागि श्रमदान अपरिहार्य रहेको बताए ।

ठूलो संख्यामा नागरिकको श्रम परिचालन गर्न सके मात्र विकासले गति लिने भन्दै उनले श्रम संस्कृति पार्टीमा कम्तिमा एक करोड श्रमदाता जोड्ने लक्ष्य रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार