जिम्मेवार राजनीति गर्न नेताहरूलाई भण्डारीको आग्रह

२०८२ चैत्र १८, बुधबार

काठमाडौं : नेपाली कांग्रेसका नेता डा.चन्द्र भण्डारीले पार्टीभित्र देखिएका समानान्तर गतिविधि र पुराना नेताको व्यवहारप्रति असन्तुष्टि जनाएका छन् ।

कांग्रेसका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइराला समूहले गरेको समानान्तर गतिविधिप्रति लक्षित गर्दै उनले सामाजिक सञ्जालमार्फत पाका नेताहरूबाट त्यस्तो गतिविधि नसुहाउने टिप्पणी गरेका हुन् ।

उनले संयमित र जिम्मेवार राजनीति गर्न पनि पुराना नेताहरूलाई आग्रह गरेका छन् । ‘झगडा राजनीति हो ? झगडा नेपालीको पहिचान हो त ? हारमा झगडा, जितमा झगडा न धैर्यता, न विधि, पाका नेताहरू पाका बन्नु पर्दैन र ?’ भन्दै उनले प्रश्न उठाएका छन्। नेता भण्डारीले खड्का–कोइराला समूहको गतिविधिलाई घुमाउरो तरिकाले गतिछाडा गतिविधिको संज्ञा दिएका छन् । उनले गलत सन्देश दिने गतिविधि पाका नेताहरूबाट हुनु दुर्भाग्यपूर्ण रहेको आशय व्यक्त गरेका छन् ।

नेता भण्डारीका अनुसार लोकतान्त्रिक अभ्यासभित्र विचार फरक हुनसक्छ, तर त्यसलाई झगडा र विभाजनतर्फ लैजानु गलत हो । उनले सबै नेता–कार्यकर्तालाई पार्टीको विधि र मूल्य–मान्यताभित्र रहेर जिम्मेवार ढङ्गले अघि बढ्न आह्वान गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार