सभामुख निर्वाचनको उम्मेदवारी दर्ता आज

२०८२ चैत्र २०, शुक्रबार

काठमाडौं : प्रतिनिधिसभा सभामुखका निम्ति आज उम्मेदवारी दर्ताको समय दिइएको छ ।

संघीय संसद् सचिवालयले प्रकाशित गरेको तालिकाअनुसार सभामुख चयनका लागि आइतबार (चैत २२)मा निर्वाचन हुनेछ । तालिकाअनुसार, शुक्रबार बिहान ११ देखि २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । संघीय संसद् सचिवालय सिंहदरबारमा उम्मेदवारी दर्ता गर्न सकिने जनाइएको छ । दिउँसो २:३० बजे उम्मेदवारी दर्ताको नामावली प्रकाशन गरिनेछ ।

सदनमा १८२ सिट रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी उपसभापति डोलप्रसाद अर्याललाई सभामुख बनाउने निर्णय गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार