काठमाडौँ : रास्वपाका उपाध्यक्ष एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्ले संसद विपक्षीको हुने मानकलाई आफूहरुले पुनः स्थापित गर्ने बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा सभामुख पदमा डिपी अर्यालको समर्थन गर्ने क्रममा धारणा राख्दै उनले यस्तो बताएका हुन् ।
संसदीय इतिहासमा कृष्णप्रसाद भट्टराईले स्थापित गरेको मानकालाई रास्वपाले ग्रहण गर्ने बताए ।
‘इतिहास सम्झिँदा कृष्णप्रसाद भट्टराईले केही मानक स्थापित गर्नुभएको थियो– सरकार सत्ता पक्षको हुन्छ, संसद विपक्षीको हुन्छ, त्यसलाई हामीले अघिल्ला संसदीय अभ्यासमा कति उतार्न सक्यौं भन्ने कुरा सोधकर्ताहरुले यसमा विश्लेषण गर्दै गर्लान्’, संसदलाई सम्बोधनका क्रममा वाग्लेले भनेका छन्, ‘तर, त्यसमा एकचोटी फर्केर न्याय गर्न पर्ने मानक हो जस्तो हामीलाई लागेको छ ।’
प्रचण्ड बहुमत पाए पनि रास्वपा विपक्षीप्रति उदारतापूर्वक प्रस्तु हुने उनको संकेत छ । ‘प्रचण्ड बहुमतले सत्तापक्ष बलियो हुँदै गर्दा विपक्षीहरु प्रति थप उदार र सहिष्णु हुनुपर्ने हाम्रो पार्टीको मान्यता रहेको छ’, उनले भनेका छन् ।
उनले पूर्वसभामुख दमननाथ ढुंगाना, सुवासचन्द्र नेम्वाङ जस्ता सभामुखहरुबाट सिक्नुपर्ने बताएका छन् ।





