कामना सेवाद्धारा मर्चेण्ट बैंकिङ्ग सेवाका लागि सहायक कम्पनी स्थापना

२०८२ चैत्र २६, बिहीबार

काठमाडौं : कामना सेवा विकास बैंक लिमिटेडले मर्चेण्ट बैंकिङ्ग सम्बन्धी कार्य गर्नका लागि आकाश क्यापिटल लिमिटेडको संस्थापक शेयर खरिद गरि उक्त कम्पनीलाई आफ्नो सहायक कम्पनीको रुपमा सञ्चालन गर्ने भएको छ ।

उक्त कम्पनीलाई सहायक कम्पनीको रुपमा सञ्चालन गर्न नेपाल राष्ट्र बैंकवाट स्वीकृती प्राप्त गरिसकेको बैंकले जनाएको छ । यस अघि बैंक र आकाश क्यापिटल लिमिटेडबीच संस्थापक शेयर खरिद विक्री गर्ने सम्झौतामा हस्ताक्षर भईसकेको थियो ।

नेपाल राष्ट्र बैंकवाट उक्त लगानीका लागि स्वीकृति प्राप्त भएसँगै प्रचलित धितोपत्र सम्वन्धी कानुन तथा नियामकिय व्यवस्था अनुसार नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट आवश्यक अनुमती तथा दर्ता प्रकृयाहरु पूरा गरि मर्चेण्ट बैंकिङ्ग सेवाहरु सञ्चालनमा ल्याईने बैंकले जनाएको छ ।

हाल आकाश क्यापिटल लि.को नाममा रहेको उक्त कम्पनी कामना सेवा विकास बैंक लि.को सहायक कम्पनी भएसँगै “कामना सेवा क्यापिटल लिमिटेड” को रुपमा सञ्चालन हुने बैंकले जनाएको छ । यसबाट बैंकको सेवा दायरा विस्तार हुनुका साथैनेपालको पूँजी बजारको विकासमा सकारात्मक योगदान पूग्ने बैंकले विश्वास लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार