जंगली च्याउ खाँदा चार जना बिरामी

२०८२ चैत्र २६, बिहीबार

काठमाडौं : इलामको माईजोगमाई गाउँपालिका –६ प्याङमा जंगली च्याउ खाँदा चार जना बिरामी परेका छन्।

जंगलमा रहेको च्याउ ल्याएर पकाएर बुधबार खाँदा स्थानीय चार जना सिकिस्त बिरामी भएपछि झापाको कन्काई अस्पतालमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी मौसम उदासका अनुसार जंगली च्याउ खाँदा बिरामी पर्नेमा माइजोगमाई गाउँपालिका –६ प्याङका ७० बर्षीय वाङगल शेर्पा, ५१ बर्षीय नाङडोमा शेर्पा, २७ बर्षीय पासाङलामु शेर्पा र ६ बर्षीय पेम्बा शेर्पा रहेका छन् । उपचाररत चार जनाकै स्वास्थ्य सुधारोन्मुख रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार