पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई भोलि भारत जाँदै

२०८२ चैत्र २८, शनिबार

काठमाडौं : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भारत जाने भएका छन् ।

यही चैत २९ गते आइतबार (भोलि) भट्टराई भारतको आईटीएम विश्वविद्यालयमा आयोजना हुने ‘डा. राममनोहर लोहिया स्मृति व्याख्यान’ कार्यक्रममा सहभागी हुन जाने भएका हुन् ।

उनी उक्त कार्यक्रमको प्रमुख वक्ताको रुपमा सहभागी हुन लागेका हुन् । उनीसँगै पूर्वमन्त्री हिसिला यमि पनि कार्यक्रममा सहभागी हुनेछिन् । यो कार्यक्रममा डा. भीमराव अम्बेडकरको जन्मजयन्तीको अवसरमा ११ वर्षदेखि आयोजना हुँदै आएको छ । कार्यक्रम आगामी वैशाख १ गते आयोजना गरिएको छ ।

भारत भ्रमणका क्रममा वैशाख २ गते साउथ एसियन यूनिभर्सिटी नयाँ दिल्लीको कार्यक्रममा प्रमुख वक्ता पनि भट्टराई सहभागी हुने उनको सचिवालयले जनाएको छ । भट्टराई वैशाख २ गते साँझ नै नेपाल फर्किने कार्यतालिका रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार