कांग्रेसका नेता राजेन्द्र बजगाईंद्वारा पार्टी परित्याग

२०८२ चैत्र ३०, सोमबार

काठमाडौं : नेपाली कांग्रेसका नेता राजेन्द्र बजगाईंले पार्टी परित्यागको घोषणा गरेका छन् ।

सामाजिक सञ्जाल एक्समार्फत उनले कांग्रेसमा अब नरहेको घोषणा गरेका हुन् ।

‘अन्ततः कांग्रेसमा बसिएन।सज्जनका हातमा गोबर छ, पिठ्युँमा घाँसको भारी बोकेर हिँडिरहेका छन्। अनुहारमा सम्भावना बोकेका सोझा नागरिकले पछाडि मात्र सत्य थाहा पाउनेछन्,’ उनले भनेका छन् । पछिल्लो समय उनी कांग्रेसको नेतृत्वप्रति असन्तुष्ट थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार