सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाह दिल्ली प्रस्थान

२०८३ बैशाख २, बुधबार

काठमाडौं : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह आफ्नो स्वास्थ्य उपचारका लागि नयाँ दिल्ली प्रस्थान गरेका छन्।

मुख्यमन्त्री शाहको सचिवालयले सार्वजनिक गरेको जानकारी अनुसार उनी आज (बुधबार) बिहान ६ बजे सडकमार्ग हुँदै दिल्लीतर्फ लागेका हुन्। उनलाई हड्डी र नसासम्बन्धी समस्या रहेको छ। यसअघि पनि उनले दिल्लीको म्याक्स सुपर स्पेसियलिटी हस्पिटलमा उपचार गराएका थिए।

शाह केही दिन दिल्लीमा रहने र उपचारपश्चात् प्रदेश फर्कने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार