मोटरसाइकल अनियन्त्रित भई पोलमा ठोकिँक्दा दुईजनाको मृत्यु

२०८३ बैशाख २, बुधबार

काठमाडौं : बर्दियामा भएको सडक दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । बढैयाताल गाउँपालिका– ४ को भित्री सडकमा भएको सडक दुर्घटनामा दुईजनाको मृत्यु भएको हो।

राति करिब १ बजे बढैयाताल गाउँपालिका– ४ को वडा कार्यालयनजिक दक्षिण भकारीबाट खैरेनीतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा दक्षिण भकारीका २० वर्षीय विमल थारू र २३ वर्षीय कृष्ण थारूको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय बर्दिया प्रहरी निरीक्षक सन्दीप बेल्वासेले बताए ।

मोटरसाइकल आफैँ अनियन्त्रित भई सडकछेउमा रहेको बिजुलीको पोलमा ठोकिँक्दा मोटरसाइकलचालक विमल  र  मोटरसाइकलको पछाडि सवार कृष्ण गम्भीर घाइते भएको खबर स्थानीयले गरेपछि थप उपचारका लागि बर्दिया अस्पताल लगिएको थियो।

अस्पतालका चिकित्सकले राति करिब २ बजे दुईजनाकाे मृत्यु भएको घोषणा गरेको  जिल्ला ट्राफिक प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार