काठमाडौँ उपत्यका प्राधिकरणका पूर्वआयुक्त तिवारी विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

२०८३ बैशाख ३, बिहीबार

काठमाडौँ : काठमाडौँ उपत्यका विकास प्राधिकरणका तत्कालीन विकास आयुक्त भाइकाजी तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तिवारीविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दाय गरेको हो। उनीविरद्ध १० करोड ५४ लाख ९५ हजार ८७१ रुपैयाँ ३९ पैसा बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको हो।

उनीविरुद्ध गैरकानुनी रुपमा सम्पत्ती आर्जन गरेको उजुरी परेको थियो। त्यसमा छानिबन गर्दा आयभन्दा बढी सम्पत्ति देखिएको अख्तियारले दायर गरेको मुद्दामा उल्लेख गरिएको छ। अख्तियारले दायर गरेको आरोपपत्रअनुसार, २०४४ भदौ १९ मा सार्वजनिक पद धारण गरेका उनी २०७८ वैशाख १ मा काठमाडौँ उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदबाट अवकास पाएका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार