फिल्म ‘पाँच पाण्डव’ तिहारमा प्रदर्शनमा आउने

२०८३ बैशाख ६, आईतवार

काठमाडौं : फिल्म ‘पाँच पाण्डव’को प्रदर्शन मिति तय भएको छ । वितरण कम्पनी आरआर फिल्म्सले यो चलचित्र तिहारमा आउने जनाएको हो ।

तिहारको बिदालाई लक्षित गर्दै फिल्म दर्शकमाझ आउन लागेको निर्माता नवीन श्रेष्ठले बताए । श्रेष्ठ भन्छन्, ‘वितरक टिमसँगको सल्लाहमा प्रदर्शन मिति घोषणा गरेका हौं । राम्रो मिति रोजेकाले व्यापार पनि राम्रो हुन्छ भन्नेमा विश्वस्त छौं ।’ वितरक रोहित कट्टेलले फिल्मलाई लिएर आफूहरू उत्साहित रहेको प्रतिक्रिया दिए ।

उनले भने, ‘विषयवस्तु र कलाकारको बलियो लाइनअप हेरेर नै वितरणको जिम्मा लिएका हौं । तिहार जस्तो ठूलो चाडमा दर्शकले खोज्ने भनेकै पूर्ण मनोरञ्जन हो, जुन यो फिल्मले दिनेछ ।’ यो फिल्ममा हरिवंशसहित जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी, सुशील सिटौला मुख्य ‘पाँच पाण्डव’ पात्रको रोलमा छन् ।

कथावस्तु धर्मग्रन्थ महाभारतसँग आधारित नरहेको जनाइएको छ । दीपाश्री निरौला, सरिता गिरी, बिनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, मोडल इभा गिरीको पनि यसमा अभिनय छ । काली रानी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको यस यो फिल्मलाई वसन्त निरौलाले निर्देशन गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार