काठमाडौं : रुवाण्डामा जारी आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीमा नेपालले इटालीलाई पराजित गरेको छ ।
आइतबार सम्पन्न खेलमा नेपालले इटालीलाई ५० रनले पराजित गरेको हो । नेपालले दिएको ११३ रनको लक्ष्य पछाएको इटाली १८.४ ओभरमा अलआउट हुदै ६२ रन मात्र बनाएको थियो । यसअघि पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाउदै ११२ रन बनाएको थियो ।
यो नेपालको जारी प्रतियोगितामा दोस्रो खेलमा पहिलो जित हो । त्यस्तै पहिलो खेल जितेको इटालीको पहिलो हार हो । नेपालले अर्को खेल अप्रिल २२ मा रुवाण्डासँग, अप्रिल २४ मा भानुआटुमा, अप्रिल २६ मा अमेरिकासँग, अप्रिल २८ मा रुवाण्डासँग, अप्रिल ३० मा भानुआटुसँग र मे १ मा इटालीसँग खेल्ने तालिका रहेको छ ।





