कालिञ्चोक हाइड्रोपावरको आईपीओ बाँडफाँट

२०८३ बैशाख ७, सोमबार

काठमाडौं : कालिञ्चोक हाइड्रोपावर लिमिटेड ले सर्वसाधारणका लागि बिक्री खुला गरेको आईपीओ बाँडफाँट गरिएको छ।

बिक्री प्रबन्धक आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेड ले सोमबार आईपीओ बाँडफाँट सम्पन्न गरेको हो। कम्पनीले कुल १३ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएकोमा ५ लाख ५० हजार कित्ता आयोजना प्रभावित स्थानीयलाई र ८२ हजार ५०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई यसअघि नै वितरण गरिसकेको थियो।

त्यसपछि बाँकीमध्ये ४१ हजार २५० कित्ता सामूहिक लगानी कोषका लागि र १६ हजार ५०० कित्ता कम्पनीका कर्मचारीका लागि सुरक्षित गरी अन्त्यमा ६ लाख ८४ हजार कित्ता सर्वसाधारणमा निष्कासन गरिएको थियो। आईपीओमा कुल २७ लाख ८४ हजार ५१९ जनाले आवेदन दिएका थिए। तीमध्ये २६ लाख ३५ हजार ६३४ जनाको आवेदन स्वीकृत भएको थियो। मागभन्दा अत्यधिक आवेदन परेपछि गोलाप्रथाबाट बाँडफाँट गरिएको हो।

बाँडफाँट अनुसार ६८ हजार ४७५ जनाले १०–१० कित्ताका दरले शेयर प्राप्त गरेका छन् भने २५ लाख ६७ हजारभन्दा बढी आवेदकले शेयर पाउन सकेनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार