प्रतिनिधि सभामा अब फोटो खिच्न,भिडियो रेकर्ड गर्न नपाइने

२०८३ बैशाख ८, मंगलवार

काठमाडौँ : अबदेखि प्रतिनिधि सभाको बैठकमा फोटो खिच्न, अडियो र भिडियो रेकर्ड गर्न नपाइने भएको छ । प्रतिनिधि सभा कार्यसञ्चालन नियमावलीको मस्यौदामा यस्तो व्यवस्था गरिएको हो ।

नियमावलीको नियम २० मा यो व्यवस्था गरिएको छ । सो नियमको बैठकमा पालन गर्नुपर्ने नियम शीर्षकको उपनियम ९ट०मा लेखिएको छ, ‘बैठक कक्षमा फोन साइलेन्ट अवस्थामा राख्नुपर्ने, फोनमा कुरा गर्न, फोटो खिच्ने तथा अडियो र भिडियो रेकर्ड गर्न नहुने ।’

यसअघिको कार्यसञ्चालन नियमावलीमा यो व्यवस्था थिएन।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार