अभिनेत्री शुभेच्छा खड्का विवाह बन्धनमा बाँधिइन्

२०८३ बैशाख ९, बुधबार

काठमाडौं : अभिनेत्री तथा पूर्वमिस नेपाल इन्टरनेसनल शुभेच्छा खड्का विवाह बन्धनमा बाँधिएकी छन् ।

मंगलबार उनले काठमाडौंको एक भेन्यूमा आयोजित वैवाहिक समारोहमा प्रेमी आश्वासन जोशीसँग लगनगाँठो कसिन् । विवाहपछिका फोटो इन्स्टाग्राममा सेयर गर्दै शुभेच्छा लेख्छिन्, ‘हरेक कुरा जसलाई हामीले सपनाको रुपमा सजाएका थियौं ।’ विवाह समारोहमा पूर्व मिस नेपालहरू पनि सहभागी थिए । दुलाहा-दुलही बन्दा शुभेच्छा र आश्वासन आकर्षक देखिएका छन् ।

खड्काले गत २०७९ पुसमा प्रेमी सार्वजनिक गरेकी थिइन् । उनले ‘रणवीर’, ‘प्रेमा’ लगायत केही फिल्म समेत अभिनय गरेकी छन् । जोशी चाहिँ अमेरिकामा बसोबास गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार