चलचित्र ‘जिरो डिग्री’ को छायाङ्कन सम्पन्न

२०८३ बैशाख १०, बिहीबार

काठमाडौँ : डार्क कमेडी विधाको चलचित्र ‘जिरो डिग्री’ को छायाङ्कन सम्पन्न भएको छ ।

मेघौली फिल्म्सको ब्यानरमा निर्माण भएको यस चलचित्रको ३७ दिनको नियमित तालिकापछि छायाङ्कन सकिएको हो । चलचित्रको सम्पूर्ण छायाङ्कन पोखरा आसपासका रमणीय तथा मौलिक बस्तीहरू अर्मलाकोट, धिताल, घार्मी र बगरमा गरिएको छ ।

चलचित्रमा विजय बराल, प्रकाश घिमिरे, राजन भुसाल, सनिशा भट्टराई, वरिष्ठ अभिनेत्री वसुन्धरा भुसाल, रमेश बुढाथोकी, लोकेन्द्र लेखक, सन्जोग रसाइली, प्रवेश महतरा क्षेत्री, शारदा सिलवाल, सविना थापा क्षेत्री, रामबाबु रेग्मी, सुवास गजुरेल र वासु खनाललगायतको बलियो अभिनय लाइनअप रहेको छ।

मोती कार्की कार्यकारी निर्माता रहेको यस चलचित्रलाई निशाल पौडेलले खिचेका हुन्। चलचित्रमा चानस पुनमगरको सम्पादन, राजेन्द्र मोक्तानको रंग संयोजन, अंकितबाबु अधिकारीको संगीत र युवराज काफ्लेको शब्द रचना रहेको छ।

रोयल भीमसेन तथा ट्राइडेन्ट कन्सेप्ट टिमले पब्लिसिटी डिजाइन गर्ने यो चलचित्रलाई काठमाडौं उपत्यकाबाहिर कुवेर सिने डिस्ट्रिब्युसन र उपत्यकामा डिसिएनले वितरण गर्नेछन्। चलचित्रको रिलिज यस वर्षको दसैँभन्दा अगावै हुने निर्देशक बरालले बताए।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार