रवि जी, सुकुम्बासीलाई धनीपूर्जा दिने वाचा गरेर भोट मागेको होइन र? : साम्पाङ

२०८३ बैशाख ११, शुक्रबार

काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले रास्वपा सभापति रवि लामिछानेलाई प्रश्न गरेका छन्।

सरकारले काठमाडौं उपत्यकाको सुकुम्बासी बस्तीमा डोजर चलाउने तयारी गरेपछि सांसद साम्पाङले रविलाई सुकुम्बासी बस्ती भत्काउने निर्णय रास्वपाकै हो? भन्दै प्रश्न गरेका हुन्।

उनले निर्वाचनताका सुकुम्बासीलाई धनीपूर्जा दिने वाचा गरेर ‘चुपचाप घण्टीमा छाप’ भन्दै भोट मागेको स्मरण गराए।

‘रवि जी… तपाईँको रास्वपाको निर्णय हो त सुकुम्बासी बस्ती भत्काउने? हिजो मात्रै सुकुम्बासीलाई धनीपूर्जा दिने वाचा गरेर चुपचाप घण्टीमा छाप भन्दै भोट मागेको होइन र भन्या? जे होस् बचनको पक्का देखियो रास्वपा,’ उनले सामाजिक सञ्जालमा लेखे।

प्रधानमन्त्री बालेन्द्र शाहले बुधबार साँझ सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्दै शनिबार या आइतबार सुकुम्बासी बस्ती हटाउन निर्देशन दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार