काठमाडौं : चितवनमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत, खैरहनीदेखि भण्डारातर्फ जाँदै गरेको बा प्र ०३ ००१ ख ३८०६ बस र ना ४५ प ३१६३ नम्बरको मोटरसाइकल ठोक्किएका थिए । दुर्घटनामा मोटरसाइकल चालक राप्ती नगरपालिका–७ बस्ने करिब ५५ वर्षीय देवबहादुर गुरुङ गम्भीर घाइते भएका थिए ।
उनलाई उपचारका लागि नयाँ मेडिकल कलेज, भरतपुरमा पठाइएकामा उपचारका क्रममा उनको निधन भएको प्रहरीले जनाएको छ । बस चालक मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ का अन्दाजी ४२ वर्षीय सन्तोष लामालाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।





