घरको छत खस्दा एउटै परिवारका पाँच जनाको मृत्यु

२०८३ बैशाख १२, शनिबार

काठमाडौं : पश्चिमी अफगानिस्तानको बदघिस प्रान्तमा शनिबार घरको छत खस्दा एउटै परिवारका पाँच जनाको मृत्यु हुनुका साथै अन्य दुई जना घाइते भएको प्रान्तीय प्रहरी कार्यालयले जनाएको छ ।

प्रान्तीय राजधानी काला-ए-नवमा भएको घटनाको पुष्टि गर्दै प्रहरीले विज्ञप्ति जारी गरेको छ । पीडितमा चार बालबालिका र एक महिला रहेको जनाइउको छ भने परिवारका थप दुई सदस्य घाइते भएका छन् ।

यस अघि बुधबार पूर्वी वर्दक प्रान्तमा भएको यस्तै घटनामा दुई जनाको मृत्यु भएको थियो । युद्ध पछिको अफगानिस्तानका मानिस प्रायः माटोका घरमा बस्छन्, जुन वर्षा र बाढीलगायत प्राकृतिक प्रकोपको जोखिममा छन् । आपगानीस्तानका केही भागमा विगत केही दिनदेखि भारी वर्षा र बाढीको सामना गरि रहेको जनाइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार