काठमाडौं : कलाकार प्रकाश तिवारी ‘पिके’ ले आफ्नै कथा तथा निर्देशनमा छोटो फिल्म ‘जाली भान्जा’ निर्माण गरेका छन् । यो फिल्मको पहिलो झलकलाई चर्चित फिल्म निर्देशक मीनबहादुर भाम, सगरमाथा आरोही अक्कल बोहराले सार्वजनिक गरे ।
यो फिल्मको पहिलो झलकलाई चर्चित फिल्म निर्देशक मीनबहादुर भाम, सगरमाथा आरोही अक्कल बोहराले सार्वजनिक गरे । स्पेनको आलीकान्तेमा पोस्टर सार्वजनिक गरिएको हो ।
यसअघि विभिन्न टेलिफिल्म र कथानक फिल्ममा सह-निर्देशन गरि अनुभव हासिल गरेका तिवारीले हालैको नेपाल भ्रमणका क्रममा उक्त फिल्मको अवधारणा बनाएका हुन् । प्रसुन फिल्म्सद्वारा निर्मित यो फिल्ममा तिवारीसहित सबिन बाँस्तोला ‘गिरधारी’, सुनिल बाँस्तोला, रुद्रप्रसाद बास्तोला लगायतले अभिनय गरेका छन् ।
छायांकन मरुभूमि नारायणले गरेका हुन् भने पोस्ट-प्रोडक्सन कार्य पेन सिजर्स एण्ड रेण्डर्स स्टुडियोमा सम्पादक गौतम राज खड्काले गरिरहेका छन् । यो फिल्म प्रसुन फिल्मस्को आधिकारिक युट्युब च्यानलमार्फत छिट्टै सार्वजनिक गरिने तयारी भइरहेको छ ।





