सरकारले लिपुलेक र महाकालीमा कति सेना पठायो ? : साम्पाङ

२०८३ बैशाख १३, आईतवार

काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले सरकारले लिपुलेक र महाकालीमा कति सेना पठायो भन्दै प्रश्न गरेका छन्।

१९ सय प्रहरी खटाएर गरिब नेपाली सुकुम्बासीलाई कुल्चल पठाउने रास्वपा सरकारले लिपुलेक र महाकालीमा कति सेना पठायो भन्दै प्रश्न गरेका हुन्। उनले सामाजिक सञ्जालमार्फत उक्त प्रश्न गरे।

‘१९०० प्रहरी खटाएर गरीब नेपाली सुकुम्बासीलाई कुल्चल पठाउने निरंकुश रास्वपा सरकारले लिपुलेक र महाकालीमा कति सेना पठायो?’ हर्कले लेखेका छन्, ‘कि आफ्नो गाडीको ढोका खोल्ने काममै अल्झाइराछ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार