काठमाडौं : बाजुराको जगनाथ गाउँपालिका-६, लैफुडाँडाको भीरमा डोजर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कालीकोट जिल्लाको नरहरी नाथ गाउँपालिका-२, बस्ने वर्ष १८ का महेश रावल छन्। आइतबार बिहान बाजुराको जगन्नाथ गाउँपालिका-६, लैफुडाँडास्थित कर्णाली काेरिडोर सडकको भीरबाट डोजर दुर्घटना हुँदा रावलको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी नरेशबहादुर शाहीले, कर्णाली प्रदेश ३–०१–००३ क. ६३११ नम्बरको डोजर अनियन्त्रित भई सडकबाट करिब दुई सय मिटर तल भीरमा खसेपछि रावलको मृत्यु भएको जानकारी दिए ।
उनले भने, “ डोजरमा तीन जना रहेका थिए । कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–२ का २५ वर्षीय केशव विष्ट सोही गाउँका १८ वर्षीय खगेन्द्र विष्ट र मृतक १८ का महेश रावल रहेका थिए । डोजरका चालक केवश विष्ट र सहचालक खगेन्द्र विष्ट भने बिहानै सकुशल फेला परेका थिए । ”





