आदमघाटमा माइक्रो दुर्घटना हुँदा १२ जना घाइते

२०८३ बैशाख १३, आईतवार

काठमाडौं : पृथ्वी राजमार्ग अन्तर्गत धादिङको आदमघाटमा माइक्रो बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन्।

काठमाडौँबाट पोखरातर्फ गइरहेको बा–प्रदेश ०१–००६ ख ७२२१ नम्बरको माइक्रो बस आज दिउँसो अचानक अनियन्त्रित भई सडकमै पल्टिएको हो। धादिङ प्रहरीका अनुसार दुर्घटनामा घाइतेमध्ये ५ जनालाई थप उपचारका लागि काठमाडौँ पठाएको छ।

बाँकी घाइतेलाई स्थानीय स्वास्थ्य चौकीमा उपचार गराइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी प्रकाश दाहालले जानकारी दिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार