काठमाडौं : कपिलवस्तु नगरपालिका– ८, मैनीहवामा मोटरसाइकलको ठक्करबाट बाबु–छोराको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्।
आइतबार राति करिब ११ बजे लु.३१ प ७५०० नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सोही वडाको पूर्व मैनीहवाका ३५ वर्षीय गिरजेश कुर्मी र उनका तीन वर्षीय छोरा आयांश कुर्मी गम्भीर घाइते भएका थिए।
उनीहरूलाई तत्काल कपिलवस्तु अस्पताल पुर्याइए पनि उपचारकै क्रममा राति नै दुवैको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिएका छन्।
उक्त दुर्घटनामा घाइते भएका सोही वडाका सुखरामपुरनिवासी २२ वर्षीय सोनु कोरीलाई थप उपचारका लागि भैरहवा पठाइएको प्रहरीले जनाएको छ।





