काठमाडौँ : नेपाली कांग्रेसका सभापति गगन थापा आज सर्लाही जाँदै छन्।
निर्वाचन हारेपछि सभापति थापा आज पहिलोपटक सर्लाही जान लागेका हुन्। फागनु २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा थापा सर्लाही ४ मा पराजित भएका थिए। सर्लाही ४ मा उनी रास्वपाका अमरेश सिंहसँग पराजित बनेका हुन्।
चुनावमा भएकाे पराजयपछि आज पहिलोपटक सभापति थापा सर्लाही आउन लागेको कांग्रेस सर्लाहीका युवा नेता रघु कार्कीले जानकारी दिए।
‘आज सभापति सर्लाही आउँदै हुनुहुन्छ। चुनावको परिणामपछि आज उहाँ पहिलोपटक सर्लाही आउन लाग्नु भएको हो,’ कार्कीले भने, ‘मतदातालाई धन्यवाद ज्ञापन गर्न र कांग्रेसले सञ्चालन गरेको जरा अभियानका कार्यक्रममा सहभागी हुन उहाँ सर्लाही आउन लाग्नु भएको हो।’





