क्रम्टनका नयाँ एयर कुलर नेपाली बजारमा सार्वजनिक

२०८३ बैशाख १६, बुधबार

काठमाडौं : नेपालको बढ्दो गर्मी र उपभोक्ताको दैनिक जीवनशैलीमा आएको परिवर्तनलाई ध्यानमा राख्दै, घर तथा कार्यालय दुवैका लागि उपयुक्त हुने नयाँ क्रम्टन डेजर्ट एयर कुलर, टावर एयर कुलर तथा पर्सनल एयर कुलरहरू नेपाली बजारमा सार्वजनिक गरिएको छ।

आकर्षक डिजाइन, प्रभावकारी कार्यक्षमता र प्रयोगमैत्री विशेषताहरूको सन्तुलनमा तयार गरिएको यो नयाँ श्रृंखलाले विभिन्न आवश्यकता अनुसार भरपर्दो चिस्यान समाधान प्रदान गर्ने लक्ष्य राखेको छ। यस श्रृंखलामा समावेश क्रम्टन ब्राण्डका Ozone, Gale, Zelus, Optimus, Sure Breeze र JEDI PAC मोडेलहरू विभिन्न पानी ट्याङ्की क्षमताहरू, हावा प्रवाह क्षमता र क्षेत्रफल कभर गर्ने क्षमताका आधारमा डिजाइन गरिएका छन्।

उच्च गुणस्तरका हनीकोम्ब प्याडहरूको प्रयोगले राम्रो चिस्यान प्रदान गर्नुका साथै लामो समयसम्म टिकाउ बनाउने विश्वास गरिएको छ, जसले उपभोक्तालाई दीर्घकालीन लाभ दिन्छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार