काठमाडौं : आईसीसी विश्वकप लिग-२ मा ओमानले नेपाललाई ३०६ रनको विशाल लक्ष्य दिएको छ।
बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३०५ रन बनायो। ओमानका कप्तान जतिन्द्र सिंह १३० रनमा पेभिलियन फर्किए। ९६ बल खेलेका उनले १५ चौका र ५ छक्का प्रहार गरे।
ओमानका हम्मद मिर्जा ३० रन बनाएर आउट भए भने जितेन रमनान्दि ४३ रन बनाएर मैदानबाट बाहिरिए। नेपालका लागि सोमपाल कामीले ४ विकेट लिए भने दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछानेले २-२ विकेट लिए।





