माइक्रो र ईभी एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु

२०८३ बैशाख १६, बुधबार

काठमाडौं : रुपन्देहीको देवदहमा बुधबार भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा अन्य २७ जना यात्रु घाइते भएका छन् । बुटवल–बर्दघाट सडक खण्डअन्तर्गत देवदहको गणेशनगरस्थित प्रतीक्षालयनजिक माइक्रो बस र ईभी माइक्रो एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

बुटवलबाट बर्दघाटतर्फ जाँदैगरेको लु. १ ख. ७२८५ नम्बरको माइक्रो बस र नारायणगढबाट बुटवलतर्फ आउँदै गरेको बागमती प्रदेश ०० ख ८९२८ नम्बरको ईभी माइक्रो एक आपसमा ठोक्किएका थिए । दुर्घटनामा घाइते भएकामध्ये दुई जनाको देवदह मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

देवदह प्रहरी चौकीका अनुसार दुर्घटनामा परेर मृत्यु भएकाको नाम ठेगाना खुल्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार