इरानले जापानी जहाजलाई होर्मुज स्ट्रेटबाट जान दियो

२०८३ बैशाख १७, बिहीबार

काठमाडौं : जापानको एउटा जहाजले बुधबार जलमार्ग होर्मुज स्ट्रेट पार गरेको छ। चालक दलका तीन सदस्य रहेको उक्त जहाज होर्मुज स्ट्रेट हुँदै जापानतर्फ लागेको छ।

जापानको विदेश मन्त्रालयले एक्समा पोस्ट गरी जापानी जहाज होर्मुज स्ट्रेटबाट अगाडि बढेको जानकारी दिएको हो। जापानले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जापानले विभिन्न अवसर र अन्तर्राष्ट्रिय बैठकमा इरानलाई सबै देशका जहाज विशेष गरी जापानका जहाजका लागि होर्मुज स्ट्रेटबाट सुरक्षित र निर्वाध रूपमा आवतजावत गर्न दिन आग्रह गरेको छ।’

बुधबार जापानी जहाजलाई जान दिइएको घटनालाई जापान सरकारले जापानी नागरिकको सुरक्षाका दृष्टिले सकारात्मक रूपमा लिएको विज्ञप्तिमा उल्लेख छ। जापानको विदेश मन्त्रालयले अगाडि भनेको छ, ‘जापानीसहित सबै जहाजलाई होर्मुज स्ट्रेटबाट स्वतन्त्र र सुरक्षित रूपमा पार हुन दिन इरानलाई जापानको निरन्तर आग्रह छ।’

विश्वको लगभग २० प्रतिशत तेल सामान्यतया होर्मुज स्ट्रेटको बाटो भएर जान्छ। अमेरिका र इजरायलले फेब्रुअरी २८ मा युद्ध सुरु गरेयता इरानले यो जलमार्ग बन्द गरेको हो भने अझै पूर्ण रूपमा खोलिएको छैन।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार